नियम ४६
प्रतिवेदन पठाउनु पर्ने
(१) बाल सुधार गृहले बालबालिकाको सुधारका लागि गरेका कार्यक्रम, त्यस्ता कार्यक्रमले बालबालिकामा परेको प्रभाव, त्यस्ता कार्यक्रमका लागि भएको खर्चको विवरणसमेत समावेश गरी सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीस दिनभित्र मन्त्रालयमा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रतिवेदन मन्त्रालयले अविलम्ब आफ्नो वेबसाइटमा राख्नु पर्नेछ ।